विश्वकप क्रिकेटः इंग्ल्याण्डले दियो बंगलादेशलाई ३८७ रनको लक्ष्य

काठमाडौं, जेठ २५ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्इणडले बंगालादेशलाई ३८७ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएका इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३८६ रन बनायो । उसका लागि जेसन रोयले १४ चौका ५ छक्काको मद्दतमा १२१ बलमा १५३ रन बनाए ।

यस्तै, जस बटलरले ६४, जोनि बेयरिस्टोले ५१, कप्तान इओन मोर्गनले ३५, जो रुटकले २१, बेन स्टोक्स्ले ६, क्रिस ओक्सले नट आउट १८ र लियाम प्लेङकटले अविजीत २७ रनको योगदान दिए । बलिङमा बंगलादेशका मेहदी हसन मिराज, मोहम्मद सैफउद्दिनले २–२, मुस्तफिजुर रहमान र मुसरुफे मुर्तुजाले एकएक विकेट लिए ।  

कमेन्ट गर्नुहोस्