विश्वकप क्रिकेटः इंग्ल्याण्डविरुद्ध शकिवको शतक पूरा

काठमाडौं, जेठ २५ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्याण्डविरुद्ध बंगलादेशका शकिव अल हसनले शतक बनाएका छन् । उनले ९ चौका र १ छक्काको मद्दतमा ९५ बलमा शतक बनाएका हुन् । शकिवको विश्वकपमा यो पहिलो शतक हो । यो संस्करणको विश्वकपमा शतक बनाउने चौथो खेलाडी हुन् । जारी विश्वकपमा इंग्ल्याण्डका जो रुट, जस बटलर र जेसन रोयले शतक बनाई सकेका छन् ।

आज बंगलादेशले ३८७ रनको विशाल लक्ष्य पछ्याइरहेको छ । टस हारेर ब्याटिङको मौका पाएको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३८६ रन बनायो । उसका लागि जेसन रोयले १४ चौका ५ छक्काको मद्दतमा १२१ बलमा १५३ रन बनाए ।

यस्तै, जस बटलरले ६४, जोनि बेयरिस्टोले ५१, कप्तान इओन मोर्गनले ३५, जो रुटकले २१, बेन स्टोक्स्ले ६, क्रिस ओक्सले नट आउट १८ र लियाम प्लेङकटले अविजीत २७ रनको योगदान दिए । बलिङमा बंगलादेशका मेहदी हसन मिराज, मोहम्मद सैफउद्दिनले २–२, मुस्तफिजुर रहमान र मुसरुफे मुर्तुजाले एक–एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्