तेस्रो खेलमा पनि अफगानिस्तान पराजित, शीर्ष स्थानमा उक्ल्यिो न्यूजिल्याण्ड

काठमाडौं, जेठ २६ । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय क्रिकेटमा न्यूजिल्याण्डले लगातार तेस्रो खेलमा पनि जीत हासिल गर्न सफल भएको हो । अफगानिस्तानलाई ७ विकेटले हराउँदै न्यूजिल्याण्डले लगातार तेस्रो खेलमा पनि जीत हासिल गर्न सफल भएको हो । अफगानस्तानलाई हराउँदै गत संस्करणको उपविजेता न्यूजिल्याण्ड शीर्ष स्थानमासमेत उक्लिएको छ ।

शनिबार राति भएको खेलमा  अफगानिस्तानले दिएको १७३ रनको सामान्य लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको न्यूजिल्याण्डले ३२.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । उसका लागि कप्तान केन विलियम्सनले नट आउट ७९, रस टेलरले ४८, किलोन मुनरोले २२ र टम लाथमले अविजित १३ रन बनाए । बलिङमा अफगानिस्तानका अफ्ताव आलमले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको अफगानिस्तान ४१.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १७२ रनमै अल आउट भयो । उसका लागि हशमतुल्लाह शाहिदीले ५९, हज्रतुल्लाह जजाईले ३४, नुर अलीले ३१, अफ्ताब आलमले १४, गुलबदीन नाईब ले४, मोहम्मद नाबीले ९, इकरान अलिले २ र हमिद हसनले नट आउट ७ रन बनाए । बलिङमा न्यूजिल्यान्डका अलराउण्डर जेम्श निशमले १० ओभरमा १ मेडनसहित ३१ रन दिएर ५ विकेट लिए । यस्तै, लकि फग्र्युसनले ४ र कोलिन डी ग्राण्डहोमले १ विकेट आफ्ना नाममा दर्ता गरे । 

न्यूजिल्यान्डले चौथो खेल आउँदो विहीबार भारतसँग खेल्ने छ । लगातार तेस्रो खेलमा पनि पराजित भएको अफगानिस्तानले चौथो खेल आगामी शनिवार दक्षिण अफ्रिकाविरुद्ध खेल्दै छ ।  
 

कमेन्ट गर्नुहोस्