Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आगामी दशैंताका मात्रै तातोपानीबाट व्यापारिक कारोबार

सिन्धुपाल्चोक, जेठ २६ । तातोपानी नाका जेठ १५ गतेबाट औपचारिकरूपमा सञ्चालनमा आएपनि व्यापारिक कारोबार भने आगामी दशैँताका मात्र सुरु हुने भएको छ ।

तातोपानी नाकाका प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतले आउने दशैँबाट नाकामा पूर्ण रूपमा कारोबार हुने बताए । नाका औपचारिक रूपमा खुलाएपनि चीनले सुक्खा बन्दरगाह हस्तान्तरण गरेको छैन । सुक्खा बन्दरगाहमा आवश्यक फर्निचर, उपकरण पनि दिएको छैन । साथै नेपाल र चीन दुवैतर्फको भौतिक पूर्वाधार निर्माण भइरहेका कारण मालवाहक गाडी आउजाउ गर्न नपाउँदा कारोबार हुन नसकेको उनले जानकारी दिए ।

भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलका अनुसार चिनियाँ अधिकारीले व्यापार पूर्ववत् अवस्थामा ल्याउन दशैँअघिसम्मको समय लाग्ने जानकारी दिएको बताएका छन् । चीनले आफ्नो भू–भागतर्फ नौ किलो मिटर सुरुङमार्ग खनिरहेको छ । व्यवस्थित व्यापारिक गोदाम घर बनाइरहेको छ । प्रविधियुक्त र अत्याधुनिक भौतिक पूर्वाधार निर्माण गरिरहेको छ । ती सबै निर्माण कार्य दशैँअघि सकेपछि मात्र पूर्ववत् रूपमा व्यापरिक कारोबार हुने चिनियाँ अधिकारीले जानकारी दिएको अध्यक्ष पौडेलले बताए ।

चीनले जेठ १५ गते तातोपानी नाका औपचारिक रूपमा खुलाएको थियो । सो दिन चीनबाट चारवटा कन्टेनर उन बोकेर नेपाल भित्रिएका थिए । उक्त समयपछि अहिलेसम्म आयत निर्यात भएको छैन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: