विश्वकपः भारत र अस्ट्रेलिया भिड्दै, कस्तो छ विगत?

काठमाडौं, जेठ २६ । इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटको १४ औं खेलमा आज भारत र अस्ट्रेलिया भिड्दै छन्। यी दुई टिमबीचको खेल ओवल मैदानमा नेपाली समयअनुसार ३ः१५ बजेदेखि सुरु हुँदैछ ।

भारत–अस्ट्रेलियाबीच अहिलेसम्म कुल १३६ एकदिवसीय खेल भएका छन्। जसमा अस्ट्रेलियाले ७७ खेलमा जित निकाल्दा भारतले ४९ खेल आफ्नो पक्षमा पारेको छ। १० खेलमा नतिजा आएको छैन्। भारत यो खेलमा जित निकाल्दै ५० जित आफ्नो नाममा पार्ने चाहानामा हुने छ।

याे पनि पढ्नुस  अत्यधिक गर्मीमा क्रिकेट नियममा यस्ता परिवर्तन गर्न सुझाव

यी दुईबिच विश्वकपमा भने ११ पटक प्रतिष्पर्धा भएको छ। अस्ट्रेलियाले ८ पटक जितेको छ भने भारत सिर्फ तीनखेलमा मात्र जित निकाल्न सफल भएको छ। मौसमको अवस्था ओवल मैदानमा विहानै देखी वर्षा हुने सभावना रहेको छ। तापक्रम १८ डिग्रि रहेको छ भने पिच ब्याट्सम्यान मैत्रि रहेको छ।

याे पनि पढ्नुस  अत्यधिक गर्मीमा क्रिकेट नियममा यस्ता परिवर्तन गर्न सुझाव

यो मैदानमा ३०० बढी रन बन्ने गरेको छ। दुबै टिमले जस्ले टस जित्छ उसले ब्याटिङ गर्दा फाइदा हुनेछ। यही मैदानमा दक्षिण अफ्रिका र बंगलादेशबीच भएको खेलमा दुवै टिमले ३ सय बढी रनको स्कोर तयार गरेका थिए।

कमेन्ट गर्नुहोस्