विश्वकप क्रिकेटः अष्ट्रेलियाविरुद्ध भारतले टस जितेर ब्याटिङ रोज्यो

काठमाडौंः इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटको १४ औं खेलमा आज अस्ट्रेलियाविरुद्ध भारतले टस जितेर टस जितेर ब्याटिङ रोजेको छ । यी दुई टिमबीचको खेल ओवल मैदानमा नेपाली समयअनुसार ३ः१५ बजेदेखि सुरु हुँदैछ ।

भारत–अस्ट्रेलियाबीच अहिलेसम्म कुल १३६ एकदिवसीय खेल भएका छन्। जसमा अस्ट्रेलियाले ७७ खेलमा जित निकाल्दा भारतले ४९ खेल आफ्नो पक्षमा पारेको छ। १० खेलमा नतिजा आएको छैन्। भारत यो खेलमा जित निकाल्दै ५० जित आफ्नो नाममा पार्ने चाहानामा हुने छ।

यी दुईबिच विश्वकपमा भने ११ पटक प्रतिष्पर्धा भएको छ। अस्ट्रेलियाले ८ पटक जितेको छ भने भारत सिर्फ तीनखेलमा मात्र जित निकाल्न सफल भएको छ। मौसमको अवस्था ओवल मैदानमा विहानै देखी वर्षा हुने सभावना रहेको छ। तापक्रम १८ डिग्रि रहेको छ भने पिच ब्याट्सम्यान मैत्रि रहेको छ।

यो मैदानमा ३०० बढी रन बन्ने गरेको छ। दुबै टिमले जस्ले टस जित्छ उसले ब्याटिङ गर्दा फाइदा हुनेछ। यही मैदानमा दक्षिण अफ्रिका र बंगलादेशबीच भएको खेलमा दुवै टिमले ३ सय बढी रनको स्कोर तयार गरेका थिए।

दुवै टिमको प्लेइङ–११
भारतः विराट कोहली (कप्तान), शिखर धवन, रोहित शर्मा, लोकेश राहुल, महेन्द्र सिंह धोनी (विकेटकीपर), हार्दिक पाण्ड्या, केदार जाधव, कुलदीप यादव, युजवेन्द्र चहल, जसप्रीत बुमराह र भुवनेश्वर कुमार।

अस्ट्रेलियाः आरोन फिन्च (कप्तान), डेविड वार्नर, उस्मान ख्वाजा, स्टिभ स्मिथ, मार्कस स्टोइनिस, ग्लेन म्याक्सवेल, एलेक्स केरी, एडम जम्पा, प्याट कमिन्स, नाथन कल्टर–नाइल र मिचेल स्टार्क

कमेन्ट गर्नुहोस्