अस्ट्रेलियाविरुद्ध रोहित शर्माको यस्तो रेकर्ड

काठमाडौँ, जेठ २६ । आइसीसी विश्वकपको १४ औं खेलमा भारतीय ब्याट्सम्यान रोहित शर्माले अस्ट्रेलियाविरुद्ध ब्याटिङ गर्दै एउटा गज्जबको रेकर्ड बनाएका छन् । शर्मा अस्त्रेलियाविरुद्ध सबैभन्दा कम पारीमा दुई हजार रन पूरा गर्ने ब्याट्सम्यान बन्न पुगेका छन् ।

रोहितले अस्ट्रेलियाविरुद्ध ३७ पारीमा दुई हजार रन पूरा गरेका छन् । यस अघि यो रेकर्ड भारतकै अर्का ब्याट्सम्यान सचिन तेन्दुलकरको नाममा थियो । तेन्दुलकरले ४० पारीमा दुई हजार रन पूरा गरेका थिए ।

याे पनि पढ्नुस  खेल शुरु हुनुअघि नै पूर्वक्रिकेटर रिचर्डस मैदानमै ढले, काँधमा बाकेर लगियो अस्पताल

आजको खेलमा २० रन बनाउँदा रोहितले यो रेकर्ड आफ्नो नाम गरेका थिए । अस्ट्रेलियालाई विश्व क्रिकेटको महारथी मानिन्छ । सचिन तेन्दुलकरभन्दा पहिला यस्तो रेकर्ड वेस्ट इन्डिजका भिभियन रिचार्डको नाममा थियो । उनले ४५ पारीमा अस्ट्रेलियाविरुद्ध दुई हजार रन पूरा गरेका थिए ।

याे पनि पढ्नुस  खेल शुरु हुनुअघि नै पूर्वक्रिकेटर रिचर्डस मैदानमै ढले, काँधमा बाकेर लगियो अस्पताल

कमेन्ट गर्नुहोस्