भारतको उत्कृष्ट प्रदर्शन, शिखर र रोहितको अर्धशतक पूरा

काठमाडौं, जेठ २६ । इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा पाँच पटकको विजेताअष्ट्रेलियाविरुद्ध भारतले उत्कृष्ट प्रदर्शन गरेको छ । उसले बिनाविकेट १०० रन बढी बनाई सकेको छ ।

साथै, दुवै ओपनर रोहित शर्मा र शिखर धवनले अर्धशतकसमेत पूरा गरिसकेका छन् । जारी विश्वकपमा शिखरको यो पहिलो अर्धशतक हो । रोहितले भने पहिलो खेलमै शतक बनाएका थिए । आज भारतले टस जितेर ब्याटिङ रोजेको हाे ।

कमेन्ट गर्नुहोस्