विश्वकप २०१९ मा शिखरको पहिलो शतक

काठमाडौं, जेठ २६ । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाविरुद्ध भारतका ओपनर शिखर धवनले शतक पूरा गरेका छन् । उनले १३ चौकाको मद्दतमा ९५ बलमा शतक पूरा गरेका हुन् । पहिलो खेलमा सस्तै आउट भएका धवन आज भने चम्किँए ।

जारी विश्वकपमा शतक बनाउने धवन छैठौं क्रिकेटर एवं भारतका दोस्रो हुन् । यो संस्करणमा इंग्ल्याण्डका जो रुट, जस बटलर, जेसन रोय, बंगलादेशका शकिव अल हसन र भारतका रोहित शर्माले पनि शतक बनाइसकेका छन् । आज भारतले टस जितेर ब्याटिङ गरिरहेको हो ।

रोहित ५७ मा आउट 
यसअघि भारतको पहिलो विकेट रोहित शर्मा आउट भएका छन् । शर्माले ७० बलमा ५७ रनको पारी खेले ।  यस क्रममा उनले ३ चौका र १ छक्का प्रहार गरे ।  रोहित कुल्टर नाइलको बलमा एलेक्स क्यारीद्वारारा क्याच गरिए । त्यसबेला टीमको स्कोर २२.३ ओभरमा १२७ रन थियो ।

कमेन्ट गर्नुहोस्