विश्वकप क्रिकेटः भारतद्वारा अष्ट्रेलियालाई ३५३ रनको लक्ष्य, शिखरको शतक

काठमाडौं, जेठ २६ । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत १४औं खेलमा भारतले अष्ट्रेलियालाई ३५३ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गर्दै भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३५२ रन बनायो ।

उसका लागि ओपनर शिखर धवनले उत्कृष्ट शतक बनाए । उनले १६ चौकाको सहयोगमा १०९ बलमा ११७ रन बनाए । जारी विश्वकपमा शतक बनाउने उनी छैठौं ब्याट्सम्यान बनेका छन् ।

यस्तै, कप्तान विराट कोहलीले ८२, रोहित शर्माले ५७, हार्दिक पाण्ड्या ४८, महेन्द्रसिंह धोनीले २७ र केएल राहूलले नट आउट ११ रनको योगदान दिए । बलिङमा अष्ट्रेलियाका मार्कस स्टोइनिसले २, प्याट कमिन्स, मिचेल स्टार्क र नाथन कल्नर–नाइलले एक–एक विकेट लिए । अष्ट्रेलियाले केही बेरमा जवाफी ब्याटिङ गर्ने छ ।

दुवै टिमको प्लेइङ–११
भारतः विराट कोहली (कप्तान), शिखर धवन, रोहित शर्मा, लोकेश राहुल, महेन्द्र सिंह धोनी (विकेटकीपर), हार्दिक पाण्ड्या, केदार जाधव, कुलदीप यादव, युजवेन्द्र चहल, जसप्रीत बुमराह र भुवनेश्वर कुमार।

अस्ट्रेलियाः आरोन फिन्च (कप्तान), डेविड वार्नर, उस्मान ख्वाजा, स्टिभ स्मिथ, मार्कस स्टोइनिस, ग्लेन म्याक्सवेल, एलेक्स केरी, एडम जम्पा, प्याट कमिन्स, नाथन कल्टर–नाइल र मिचेल स्टार्क

कमेन्ट गर्नुहोस्