अर्ध शतकबाट चुके हार्दिक पाण्ड्या

काठमाडौँ, जेठ २६ । जारी विश्वकपमा अस्ट्रेलियाविरुद्धको खेलमा भारतका ब्याट्सम्यान हार्दिक पाण्ड्या दुई रनले अर्ध शतकबाट चुकेका छन् ।

दोस्रो विकेटको रूपमा शिखर धवन आउट भएपछि ब्याटिङका लागि आएका पाण्ड्याले २७ बल खेलेर ४८ रन बनाए । उनले ३ छक्क र ४ चौका प्रहर गरे । उनलाई प्याट कमिन्जको बलमा एरोन फिन्चले क्याच गरे ।

समाचार तयार हुँदा सम्म भारतले ४९ औं ओभरमा ३३७ रन बनाइसकेको छ । अहिले कप्तान कोहली ८० र धोनी २४ रनमा खेल्दैछन् ।

कमेन्ट गर्नुहोस्