विश्वकपः भारतको लगातार दोस्रो जीत, ८ वर्षपछि अष्ट्रेलियाको हार

काठमाडौं, जेठ २७ । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो खेलमा पनि जीत हासिल गरेको छ । आइतबार राति भएको खेलमा अष्ट्रेलियालाई ३६ रनले हराउँदै भारतले लगातार दोस्रो खेलमा पनि जीत हासिल गरेको हो । भारतीय टिमले ८ वर्षपछि विश्वकपमा अष्ट्रेलियालाई हराउन सफल भयो । यसअघि उसले २०११ मा अष्ट्रेलियालाई पराजित गरेको थियो ।

याे पनि पढ्नुस  भारतविरुद्ध सिरिज अष्ट्रेलियाले जित्यो, म्याक्सवेल बने नायक

आइतबार ३५३ रनको विशाल लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ३१६ रन मात्र बनाउन सक्यो । उसका लागि  स्टिभ स्मिथले ६९, डेभिड वार्नरले ५६, एलेक्स केरीले नट आउट ५५, कप्तान आरोन फिन्चले ३६, उश्मान ख्वाजाले ४२, ग्लेन म्याक्सवेलले २८ रन बनाए । बलिङमा भारतका भुनेश्वर कुमार, जसप्रित बुमराहले ३–३ र युजवेन्द्र चहलले एक विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३५२ रन बनायो ।

याे पनि पढ्नुस  भारतसँग सिरिज खेल्न अष्ट्रेलियाद्वारा टोली घोषणा, को–कोले पाए स्थान ?

उसका लागि ओपनर शिखर धवनले उत्कृष्ट शतक बनाए । उनले १६ चौकाको सहयोगमा १०९ बलमा ११७ रन बनाए । जारी विश्वकपमा शतक बनाउने उनी छैठौं ब्याट्सम्यान बनेका छन् । यस्तै, कप्तान विराट कोहलीले ८२, रोहित शर्माले ५७, हार्दिक पाण्ड्याले ४८, महेन्द्रसिंह धोनीले २७ र केएल राहूलले नट आउट ११ रनको योगदान दिए । बलिङमा अष्ट्रेलियाका मार्कस स्टोइनिसले २, प्याट कमिन्स, मिचेल स्टार्क र नाथन कल्नर–नाइलले एक–एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्