Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भारतीय चलचित्र निर्देशक कर्नाडको निधन

एजेन्सीः चर्चित भारतीय चलचित्र निर्देशक, नाटककार, तथा लेखक गिरीश कर्नाडको निधन भएको छ । ८१ वर्षको उमेरमा उनको सोमबार निधन भएको हो ।

गिरीश कर्नाडले सन् १९७० मा कन्नड फिल्म ‘संस्कार’ बाट आफ्नो फिल्मी करिअर सुरु गरेका थिए । उनले आफ्नो पहिलो चलचित्रका लागि नै राष्ट्रपति गोल्डेन लोटस पुरस्कार प्राप्त गरेका थिए । उपन्यासकार आरे नारायणको पुस्तकका आधारित टीभी सिरियल ‘मालगुडी डेज’ मा उनले स्वामीको पिताको भूमिका निर्वाह गरेका थिए । दूरदर्शनले प्रसारण गरेको यो सिरियल आजको दिनमा पनि उत्तिकै चर्चित रहेको छ ।

सन् १९९० को सुरुवातमा विज्ञानमा आधारित एक टेलिभिजन कार्यक्रम उनले सञ्चालन गरे । तत्कालीन समयमा यो निकै नै रुचाइएको विज्ञान कार्यक्रम थियो । उनको अन्तिम फिल्म कन्नड भाषामा बनेको चलचित्र ‘आफ्नो देश’ थियो । जुन गएको अगष्ट २६ मा रिलिज भएको थियो । त्यस्तै बलिउडमा भने ‘टाइगर जिन्दा हे’ नै उनको अन्तिम चलचित्र थियो । सन् २०१७ मा रिलिज भएको यस चलचित्रमा उनले डाक्टर शेनोयको भूमिका निर्वाह गरेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: