कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं, जेठ २७ । प्रतिनिधि सभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । गुठीसम्बन्धी विधेयकले सबै जमिनलाई रैकर बनाउने भन्दै आइतवार माइतीघरमा विरोधमा उत्रिएका नेवार समुदायमाथि भएको दमनको विरोधमा कांग्रेसले अवरोध गरेपछि दुवै सदन स्थगित भएका हुन्।

प्रतिनिधि सभामा कांग्रेसको अवरोधपछि सूचना टाँसेर भोलीसम्मका लागि बैठक रोकिएको हो । कांग्रेसको अवरोधपछि १५ मिनेट स्थगित बैठक विशेष कारणवश बस्न नसक्ने भन्दै भोली ११ बजेसम्मका लागि रोकिएको हो । संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले एक सूचना निकाल्दै मंगलबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन्।

कमेन्ट गर्नुहोस्