विश्वकपः दक्षिण अफ्रिका र वेस्ट इन्डिज भिड्दै, कस्तो छ विगत?

काठमाडौं, जेठ २७ । इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटको १५ औं खेलमा आज दक्षिण अफ्रिका र वेस्ट इन्डिज  भिड्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि साउथह्याटनमा सुरु हुँदैछ । विश्वकपमा खराव लयमा देखिएको दक्षिण अफ्रिका पहिलो जितको खोजिमा छ । यता वेस्ट इन्डिज पनि जीत निकाल्न चाहन्छ ।

अन्तिम पटक २००३ को विश्वकपमा दक्षिण अफ्रिकालाई हराउन सफल भए पनि त्यसयता भने वेस्ट इन्डिजले अफ्रिकाविरुद्ध जीत निकाल्न सकेको छैन । जारी विश्वकपमा दक्षिण अफ्रिका तीन खेलमा नै पराजित भएको छ। सेमिफाइनल संभावनालाई कायम राख्न उसले बाँकी ६ खेलमा जित निकाल्नु पर्ने चुनौती छ ।

वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीच हालससम्म कुल ६१ खेल भएका छन्। जसमा द. अफ्रिकाले ४४ जित निकाल्दा वेस्ट इन्डिजले १५ खेलमा मात्र जीत दर्ता गरेको छ । एक खेल बराबरी भएको छ। एक खेल नतिजाविहीन भएको छ। विश्वकपमा भने यी दुई टिम बिच ६ पटक प्रतिष्पर्धा भएको छ जसमा दक्षिण अफ्रिकाले ४ र वेस्ट इन्डिजले २ खेलमा जित निकालेको छ ।

कमेन्ट गर्नुहोस्