लोकसेवाको विज्ञापन रद्द गर्न माग गर्दै विद्यार्थी सडकमा

काठमाडौँ, जेठ २७ । स्थानीय तहको कर्मचारी नियुक्तिका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल रद्द गर्न माग गर्दै संयुक्त विद्यार्थी संघर्ष समितिले प्रर्दशन गरेको छ ।

संविधानको मर्म र भावनाविपरीत खुलाएको विज्ञापन सच्याउन दबाब दिँदै समितिले सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

याे पनि पढ्नुस  संघका लागि तत्काल ५ हजार कर्मचारी भर्ना गरिँदै

समावेशी र समानुपातिक सिद्धान्तविपरीत आयोगले विज्ञापन खुलाएको भन्दै त्यसविरुद्ध सडक संघर्ष गर्नु परेको नेपाल विद्यार्थी संघका नेता कपिलेश्वर यादवले जानकारी दिए । प्रर्दशनका क्रममा विद्यार्थी नेताले संविधानको मर्मभन्दा बाहिर रहेर आयोगले विज्ञापन खुलाएको भन्दै विरोध गरेका हुन् ।

उनीहरुले लोकसेवाको विज्ञापन तत्काल रद्द नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् । नयाँ पत्रिकाबाट

याे पनि पढ्नुस  हेटौंडा केन्द्र अन्तर्गत खरिदारको नतिजा सार्वजनिक (नामसहित)

 

कमेन्ट गर्नुहोस्