विश्वकप क्रिकेटः विश्वविजेता श्रीलंकासँग भिड्दै बंगलादेश

काठमाडौं, जेठ २८ । इंग्ल्याण्डमा भइरहेको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज श्रीलंका र बंगलादेश भिड्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि काउन्टी मैदानमा सुरु हुँदैछ । दुवै टोली सहज जीतको खोजीमा छन् ।

अघिल्ला तीन खेलमा एक जीत र दुई हार व्यहोरेको बंगलादेशको २ अंक रहेको छ। बंगलादेश आठौं स्थानमा छ । श्रीलंका पनि दोस्रो जितको खोजीमा हुनेछ।

याे पनि पढ्नुस  अत्यधिक गर्मीमा क्रिकेट नियममा यस्ता परिवर्तन गर्न सुझाव

अघिल्ला ३ खेलमा एक जित, एक हार र एक बराबरी खेलेको श्रीलंकाको ३ अंक छ । सोमबार वर्षाका कारण प्रभावित भएपछि दक्षिण अफ्रिका र वेष्ट इन्डिजले एक–एक अंक बाँडेका थिए।

कमेन्ट गर्नुहोस्