चितवनमा एसपी मल्लको सक्रियताः जनताकै घरदैलोमा पुगेर अन्तरक्रिया

चितवन जेष्ठ २८ । चितवनमा भर्खर कार्यभार सम्मालेका प्रहरी प्रमुख (प्रहरी उपरिक्षक) दानबहादुर मल्लले गाउँ गाउँमा विशेष प्रहरी अभियान तीव्र पारेका छन् ।

उनले आफ्नो कार्यलय मातहत रहेका कार्यालयहरुको समन्वय गरि प्रहरी नागरिक अभियानलाई तीव्र पारेका हुन् ।

हालै सरुवा भई आएका प्रहरी उपरिक्षक दानवहादुर मल्ल यति वेला जिल्ला भित्रका सरोकारवाला निकाय, संघसंस्था, वुद्धिजिवीहरुबीच अन्र्तक्रियामा व्यस्त भईरहेका छन् । उनी गाउँका कुनादेखि शहरका टोलमा पुगेका छन् ।

जिल्लालाई शान्ती सुरक्षाको दृष्टिकोणबाट अन्र्तराष्टिय स्तरमा नै नमुना बनाउने उनले दावी गरेका छन् । अब गाउँ गाउँमा प्रहरी सेवा पहुँच पुराउन उनले आफ्नो कार्यकाल प्रहरी विट स्थापनासँगै नागरिक प्रहरी सहकार्यलाई प्रमुख प्राथमिकतामा राखेका छन् ।

नवनियुक्त प्रमुख भएकाले उनलाई स्वागत गर्ने संघसंस्थाको ताती छ भने उनी आफै पनि जिम्मेवार निकाय, व्यक्तीहरुसंग अन्र्तक्रिया गर्दै समस्या तथा गुनासाहरु संकलन गरिरहेका छन् ।

आइतबार खैरहनी नगरपालिकामा अन्तक्र्रिया गरेका एसपी मल्लले सोमबार राप्ती नगरपालिकाका जनप्रतिनिधी, संघसंस्था प्रतिनिधी, बुद्धिजिवीहरुसँग यहाँको समस्याका बारे अँन्तक्र्रिया गरेका थिए ।
राप्ती नगरपालिका प्रमुख प्रभा वरालको अध्यक्षतमा भएको कार्यक्रममा यहाँका स्थानीयले नगरको पहाडी भेगमा लगानी गाँजा खेतीको अन्त्य गर्नुपर्ने, इलाका प्रहरी कार्यालय भण्डारबाटै मुद्दा चलाउने व्यवस्था गर्नुपर्ने विषयलाई प्राथमिकता दिएर काम गर्न सुझाव दिए ।

प्रहरी निरीक्षक आचार्यको प्रशंसा

उनीहरुले इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यले यहाँको शान्ति सुरक्षा लगायत अन्य काममा गरेको कामको प्रसंसा गर्दै यसलाई निरन्तरता दिन आग्रह गरे ।

सो अवसरमा एसपी मल्लले गाँजाखेती अन्त्यका लागि नगरपालिकासँग सहकार्य गरेर सचेतनाको कार्यक्रम संचालन गर्नुपर्ने बताए । आफू आएको करिव २ साता भएको उल्लेख गर्दै एसपी मल्लले राप्तीका स्थानीयले राखेका अन्य सुझावहरुलाइ अध्ययन गरेर काम गर्ने प्रतिबद्धता जनाए ।

राप्ती नगर उपप्रमुख इमानसिंह लामाले विगतमा प्रहरी संगठनभित्र एकाध प्रहरीका कारण छवि बिग्रेको वताउँदै नयाँ ढंगले अघि बढ्नुपर्नेमा जोड दिए ।

इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी सन्तोष आचार्यले समुदाय प्रहरीबीचको सहकार्यले शान्तिपुर्ण तथा सुरक्षित समाज निर्माण हुने विश्वास व्यक्त गरे ।

डिएसपी आचार्यले सरकारले लिएको विकासको लक्ष्यलाई सघाउन पुर्याउन सुरक्षा प्रमुख रहने भएकाले यसमा कुनै कन्जुस्याई नगर्ने बताए ।

कमेन्ट गर्नुहोस्