छोरीलाई जबरजस्ती करणी गर्न खोज्ने उपसचिव पक्राउ

ललितपुर, जेठ २८ । १८ वर्षीया छोरीलाई जबरजस्ती करणी गर्न खोज्ने बाबुलाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा मन्त्रालयका उपसचिव रहेका छन् ।  हाल ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय उपसचिवले १८ वर्षीया छोरीलाई बारम्बार जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।

आफ्नै घरको तेस्रो तल्लाको कोठामा निज पीडकले विदेशतिर छोरीलाई करणी गर्छन् नेपालमा पनि गर्दा केही हुँदैन भन्दै छोरीलाई करणी गर्दै आएको अनुसन्धानको क्रममा देखिन आएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए ।

घरमा कोही नभएको मौकामा निजले छोरीलाई आमा अहिले आउँदिन भन्दै जबरजस्ती करणी गर्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । राेताेपाटीबाट साभार

कमेन्ट गर्नुहोस्