प्रधानमन्त्री ओली र थेरेशा मेबीच भेटवार्ता, के भयो कुराकानी?

काठमाडौं, जेठ २८ । साताव्यापी युरोप भ्रमण रहेका प्रधानमन्त्री केपी शर्मा ओली र बेलायतकी प्रधानमन्त्री थेरेशा मेबीच भेटवार्ता भएको छ। उनीहरूका बीचमा द्विपक्षीय हितका विषयमा १० डाउनिङ स्ट्रिटमा केही बेर वार्ता भएको थियो।

उक्त अवसरमा नेपाल–वेलायत विकास साझेदारी, पर्यटन प्रवर्द्धन र ब्रिटिश गोर्खासम्बन्धी विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए। अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन स्वीट्जरल्याण्डको जेनेभा पुगेका प्रधानमन्त्री ओली अहिले वेलायतमा उच्चस्तरीय भेटघाटमा व्यस्त छन्।

कमेन्ट गर्नुहोस्