कस्तो बित्दैछ तपाइँको दिन? यस्तो भन्छ राशिफल

ज्योतिषि डिपि भण्डारी । आज वि.सं.२०७६ साल जेठ २९ गते । बुधबार । ईश्वी सन् २०१९ जुन १२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । ज्येष्ठ शुक्लपक्ष । तिथि दशमी,३५ घडी ४४ पला, बेलुकी ०७ बजेर २७ मिनेट उप्रान्त एकादशी । नक्षत्र हस्त,२० घडी २६ पला,दिउसो ०१ बजेर २० मिनेट उप्रान्त चित्रा । योग व्यातिपात, ०७ घडी ०६ पला, बिहान ०८ बजेर ०० मिनेट उप्रान्त वरियान् ।

 

करण तैतिल, बिहान ०८ बजेर ३० मिनेट उप्रान्त गर, बेलुकी ०७ बजेर २७ मिनेट उप्रान्त वणिज । आनन्दादिमा आनन्द योग । चन्द्रराशि कन्या,रातको १२ बजेर ४२ मिनेट उप्रान्त तुला । गंगा दशहरा। रामेश्वर गंगापूजा। वज्रगुरु पद्मसम्भव जयन्ती। गोसाइँकुण्ड स्नान समाप्ति। हत्यामोचन तीर्थस्नान। रिडी, रुरुक्षेत्रमा हृषीकेशोत्सव। सर्वार्थसिद्धि योग दिउँसो ०१ बजेर २० मिनेटसम्म । काठमाडौंमा सूर्योदय ०५ बजेर ०९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५८ मिनेट । दिनमान ३४ घडी ३२ पला ।

मेषः पढाइ लेखाइमा प्रतिस्पर्धिहरुलार्ई हराउँदै नतिजा तपार्ईँ आफ्नै पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने तपाईको खैरो खन्नेहरु आफै साईड लाग्नेछन् । बिवादित बिषयहरुको निर्णय तपार्ईँ आफ्नै पक्षमा आउँने हुनाले खुसीले उचाई नाघ्नेछ ।

बृषः अध्ययनमा मन जानेछ भने सफल हुनेसुत्र पत्ता लगाउँन सकिने हुँदा नतिजा आफैतिर ल्याउँन सकिनेछ । व्यापार व्यावसायमा लगानी गरि मनग्गे धन तथा सम्पति कमाउन सकिनेछ भने स्कूल कलेजमा गरिएको लगानी बाट प्रशस्त आम्दानी हुनेछ ।

मिथुनः घरजग्गा तथा सवारि साधनको खरिदबिक्रि गर्दा ध्यान दिनुहोला घाटा लाग्न सक्छ । बिद्यामा सन्तोष जनक प्रगति भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ ।

कर्कटः बादबिवाद तथा प्रतिस्पर्धामा तपार्ईँकै जित हुनेछ भने मुद्दा मामिला तथा न्यालयबाट हुने न्याय सम्पादन तपार्ईँकै पक्षमा हुनेछन् । दाजुभाई तथा छिमेकि सँगको सम्बन्ध सुदृड भएर जानेछ । बिद्या बिद्यार्थीहरुले सफलता प्राप्त गर्न सक्नेछन् ।

सिहंः मिठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाईलो गर्दै दिन कटाउँन सकिनेछ । बोलिको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्वपुर्ण कामहरु फत्ते गर्न सकिनेछ । प्रेमप्रसङमा आफूले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुसी हुनेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ ।

कन्याः प्रतिष्ठित काम गर्ने अवसर आउँनेछ भने बिशिष्ट ब्याक्तिहरु नजिकिने छन् । कन्फिडेन्ट पावर बढ्ने हुँदा उपलब्धि मुलक कामहरु बन्नेछन् । राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउँने समय रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा आम्दानीका स्रोतहरु फराकिला हुनेछन्  ।

तुलाः न्यून पारिश्रमिकमा दिनभर काममा व्यस्त हुनुपर्दा मन खिन्न हुनेछ । आर्थिक अभावले महत्वपूर्ण कामहरु थाति रहनेछन् । लामो दुरिको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी भूमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउन सक्नेछन् ।

बृश्चिकः परिश्रम गरेअनुशार प्रतिफल प्राप्त नहुने हुनाले काम गर्न मन लाग्ने छैन । अरुकै लहैलहैमा लाग्नाले पढाइ  लेखाइ मा  भनेजस्तो नतिजा आउने छैन भने प्रतिष्पर्धिहरु हावि हुनेछन् । व्यापारमा प्रशस्त समय दिएपनि भनेजस्तो आम्दानीनहुने हुदा आर्थिक पाटाहरु बिग्रनेछन् ।

धनुः पढाइ लेखाइमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेतगर्दा महत्वपूर्र्ण उपलब्धि हासिल गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद पाप्तिको गतिलो योग रहेकोछ । नयाँ काम पाउँने तथा गरिरहेको ठाउँमा बढुवा हुनेछ ।

मकरः सुरु गरिएका सामाजिक कामहरु समयमा नै सम्पन्न हुने हुदा मान सम्मानमा बृद्धि भएर जानेछ । विशिष्ट व्याक्तिहरलाई आफ्नो बहसमा ल्याएर काम लिन सकिनेछ । व्यापार व्यावसायमा थोरै लगानी  गर्दा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ भने समयले साथ दिने हुदा पढाइ लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ ।

कुम्भः बाटो हिड्दा वा सवारि चलाउँदा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । पानिसँग सम्बन्धित व्यावसाय खस्केर जाने योग रहेकोछ । स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधि उपचार खर्च बढ्ने योग रहेकोछ ।

मीनः पतिपत्निका साथ रमाईलो व्यावसायिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । सवारि साधन तथा भौतिक सम्पति जोड्ने योग रहेको छ । पढाइ लेखाइमा अरुभन्दा अगाडि तपार्ईँको नाम आउदा मन प्रशन्न रहनेछ । माया प्रमको गाठो मजबुत भएर जानेछ भने दाम्पत्य जीवनमा थप खुसीयालि छाउनेछ ।

कमेन्ट गर्नुहोस्