प्रहरीले पोखराका ‘ड्रग्स डिलर’ जोन पक्रन उत्तम चोकमा गोली चलायो

काठमाडौं, जेठ २९ । प्रहरीले लागूऔषध कारोबारी समाउन पोखराको उत्तम चोकमा गोली चलाएको छ।

प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । लागूऔषध कारोबारको सूचनाका आधारमा छापा मार्न गएको प्रहरी टोलीले गोली चालउँदा जोन भन्ने गोविन्द थापा घाइते भएका हुन् ।

याे पनि पढ्नुस  राखेपमा रिक्त तीन सदस्य नियुक्त

प्रहरीको पटके सूचीमा रहेका जोन केही समयअघिमात्र कतारबाट सजाय भुक्तान गरेर फर्किएका थिए। उनी सन २०१४ देखि २०१८ सम्म कतारमा कारागारमा थिए। कास्की प्रहरीमा ज्यानमार्ने उद्योग र सार्वजनिक मुद्दामा पटके अभियुक्त हुन्।
प्रहरी निरीक्षक गणेश सुवेदीको नेतृत्वमा खटिएको टोली उपर जोनले हातपात गरेपछि प्रहरीले नियन्त्रणमा लिन गोली चलाएको थियो। उनको दायाँ घुडामा गोली लागेको छ ।

याे पनि पढ्नुस  द्रुतमार्गको प्रस्थानविन्दु खोकना नै उपयुक्त

पक्राउ गर्न गएको प्रहरी टोली उपर नै आक्रमण गरेपछि प्रहरीले जोनलाइ गोली हानेर नियन्त्रणमा लिएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए । उनका अनुसार घाइतेको अवस्था सामान्य छ । घाइतेको गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्