बसको झ्यालबाट टाउको निकाल्दा एक विद्यार्थीको मृत्यु

सिन्धुली, जेठ २९ । सुनकोसी गाउँपालिका–५ स्थित भोटेखोलाको पुल नजिकै गुडिरहेको स्कुल बसकाे झ्यालबाट टाउको निकाल्दा होर्डिङ बोर्डमा ठोक्किएर एक विद्यार्थीको मृत्यु भएको छ ।

रातमाटाबाट मुलकोटतर्फ जाँदै गरेको प्रगतिशिल उच्च माध्यमिक विद्यालय रातमाटाको ना ३ ख ३५२० को स्कुल बसमा रहेका कक्षा ९ मा अध्ययनरत छात्र १४ वर्षीय रमिस श्रेष्ठको मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ । खाडादेवी–३, रामेछापका श्रेष्ठ स्कुल छुट्टी भएर घर फर्कदै थिए ।

याे पनि पढ्नुस  प्रचण्डले गरे खुलासा, 'तरार्इमा चुनाव जित्न दलहरुले अार्थिक चलखेल गरेका छन्'

खोलाको पुल लेखेको होडिङ बोर्डमा ठोक्किएर टाउकोमा चोट लागेका श्रेष्ठको घट्नास्थलमै मृत्यु भएको सिन्धुलीका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्