ऋषि धमला अब मोडलिङमा (भिडियोसहित)

काठमाडौंः चर्चित पत्रकार ऋषि धमला मोडलिङतिर सक्रिय हुन थालेका छन् । ऋषिले अभिनय गरेको ‘मेरो बा आमा’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा धमला पिताको भूमिकामा देखिएका छन् ।

नोरेन श्रेष्ठको शब्द र संगीतमा तयार गीतमा धमलाले निकै राम्रो अभिनय गरेका छन् । भिडियोमा धमलाको साथमा कविता आले आमाको भूमिकामा छिन् भने यूडी गुप्ता छोराको भूमिकामा देखिएका छन् ।

याे पनि पढ्नुस  'साइँली' हेमन्त रानाकाे बाेलको गीत (हेर्नुहोस् म्यूजिक भिडियो)

गीतले विदेशमा काम गर्न गएर ज्यान गुमाउने नेपाली युवाको कथा बालेको छ । गीतको रचनाकार जोया श्रेष्ठ हुन् । धमलाले म्युजिक भिडियोमा मोडलिङ गरेको यो पहिलोपटक भने होइन । उनले केही गीतमा अभिनय गरिसकेका छन् । गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुस्

याे पनि पढ्नुस  शिल्पा पोखरेलको ‘उनकै कुरा हुन्छ’ सार्वजनिक (भिडियोसहित)

 

 

कमेन्ट गर्नुहोस्