Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

धोनीको नाममा होटल सञ्चालन, प्रशंसकले निःशुल्क पाउँछन् खाना

एजेन्सीः भारतमा एक जना व्यवसायीले पूर्वकप्तान महेन्द्रसिंह धोनीको नाममा होटल सञ्चालनमा ल्याएका छन् । शम्भु नामका एक जना व्यवसायीले पश्चिम बंगालको अलिपुरद्वार जिल्लामा धोनीको नाममा एउटा होटल सञ्चालनमा ल्याएका हुन् । होटलको नाम उनले ‘एमएस धोनी रेष्टुरेन्ट’ राखेका छन् । यो होटलको विशेषताबारे जानकारी दिएमा अलि अचम्ममा पर्नुहुन्छ होला । विशेषता हो- धोनीका प्रशंसकलाई निःशुल्क खाना खुवाउनु ।

३२ वर्षीय शम्भुले आइएएनएससँग भने, ‘यो दुर्गा पूजामा हामी दुई वर्ष पूरा गर्नेछौं । यहाँका धेरैलाई यो रेष्टुरेन्टबारे थाहा छ । मानिसहरु यहाँ खाना खान आउँछन् ।’ शम्भुलाई जब धोनीको लगावबारे सोधियो तब उनले भने, ‘उनीजस्तो कोही पनि छैन । म बाल्यकालदेखि नै उनको प्रशंसक हँ । उनको जस्तो व्यत्तित्व छ, जसरी क्रिकेट खेल्छन् त्यसबाट थाहा हुन्छ कि उनी कसरी लेजेन्ड बने । उनी मेरा लागि प्रेरणा हुन् ।’

शम्भुको यो सानो रेष्टुरेन्टमा विशेषगरी बंगाली खाना पाइन्छ । रेष्टुरेन्टको हरेक कुनामा धोनीको पोस्टर हुन्छ । उनी आफ्नो घर र पसलको खाली भित्तामा धोनीको पोस्टर टाँसिहाल्ने बताउँछन् । उनी भन्छन्, ‘उनलाई हेरेर मैले धेरै कुरा सिकेको छु । म एकदिन उनलाई भेट्न चाहन्छु तर मसँग स्टेडियममा गएर उनको खेल हेर्ने पैसा छैन ।’ शम्भु भन्छन्, ‘मलाई थाहा छ कि मेरो सपना कहिले पनि पूरा हुनेछैन तर यदि मैले उनलाई कुनै दिन भेटेँ भने म उनलाई मेरो रेष्टुरेन्टमा आउन आग्रह गर्छु । मलाई थाहा छ कि उनलाई भात–माछा मनपर्छ ।’

कमेन्ट गर्नुहोस्

%d bloggers like this: