चुरेसँगको खेलबाडले मरूभूमिकरणको विस्तार भइरहेको छः मुख्यमन्त्री राउत

जनकपुरधाम, जेठ ३० । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले चुरे क्षेत्रमा उत्खनन, सडक निर्माण र बसोबास वृद्धि चिन्ताको विषय भएको बताएका छन् । आइ ओ एम यूएन माइग्रेशन नामक संस्थाद्वारा आज जनकपुरधाममा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र मनसुन पूर्वतयारी विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले चुरेसँगको खेलबाडले मरूभूमिकरणको विस्तार भइरहेको प्रति ध्यानाकर्षण गराए ।

याे पनि पढ्नुस  ‘बैंकले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ’

चुरे क्षेत्रमा स्काभेटरले उत्खनन कार्य गर्नु अपराध भएको अवस्थामा पनि सुरक्षा निकायको मौनताले गम्भीर प्रश्न खडा गरेको चर्चा गर्दै उनले चुरेको विनाश प्रदेश नं २ को विनास हो भन्नेतर्फ संवेदनशील हुनु जरूरी रहेको बताए । मुख्यमन्त्री रावतले फितलो कानून र फितलो कार्यान्वयन गर्ने निकायका कारण प्राकृतिक स्रोतको दोहनले विपद् निम्त्याउने क्रियाकलाप बढ्दै गएको उल्लेख गरे ।

याे पनि पढ्नुस  मुख्यमन्त्री राउतको घोषणा– माघ महिनादेखि सबै छोरीको बीमा

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले विकासका नाममा चुरेको उत्खनन् र सडक निर्माण नै प्रदेश नं २ मा विपद्का कारक रहेको बताए । उनले विपद् व्यवस्थापन सन्दर्भमा प्रदेश सरकारले छिट्टै प्राधिकरण गठनका लागि ऐनमा संशोधनको गृहकार्यमा लागि परेको बताए । कार्यक्रममा पूर्वशिक्षामन्त्री तथा विपद् व्यवस्थापन जोखिम न्यूनीकिरण तथा व्यवस्थापन विज्ञ डा. गङ्गालाल तुलाधरले नेपालमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विद्यमान प्रावधान र मनसुन पूर्वतयारी बारे जानकारी गराएका थिए ।

कमेन्ट गर्नुहोस्