विश्वकप क्रिकेटः भारत र न्यूजिल्याण्डको खेल रद्द

काठमाडौं, जेठ ३० ।  इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारत र न्यूजिल्याण्ड विरुद्धको खेल पनि वर्षाकारण रद्द गरिएको छ ।

नटिङघममा हुने भनिएको खेल लगातार वर्षाकारण रद्द गरिएकाे हो । जारी संस्करणमा श्रीलंका–पाकिस्तान, श्रीलंका–बंगलादेश र वेस्ट इन्डिज–दक्षिण अफ्रिकाबीचको खेल पनि वर्षाको कारण रद्द गरिएको छ ।

याे पनि पढ्नुस  अत्यधिक गर्मीमा क्रिकेट नियममा यस्ता परिवर्तन गर्न सुझाव

कमेन्ट गर्नुहोस्