५ घण्टाभित्रै बढाएको गाडी भाडा फिर्ता

काठमाडौं, जेठ ३१ । सरकारले सार्वजनिक यातायातमा बढाएको भाडा स्थगित गरेको छ। यातायात व्यवस्था विभागले बिहीबार दिउँसो १२ प्रतिशतसम्म भाडा वृद्धि गरी देशभरको नयाँ भाडादर समेत सार्वजनिक गरेको थियो। तर, बिहीबारै साँझ सूचना प्रकाशित गरी बढेको भाडादर तत्काल कार्यान्वयन नगर्ने जनाएको छ।

विभागले प्रकाशित गरेको सूचनामा असार १ गतेदेखि लागु हुनेगरी उपत्यकाको शहरी क्षेत्रमा मालबहाक सवारी साधनलाई रोक्ने, रात्रीकालिन यातायात सञ्चालन र भाडावृद्धि तत्कालका लागि स्थगित गरिएको जनाइएको छ। बजेट पारित नहुँदै भाडा बढाउँदा सरकारको तीव्र आलोचना हुने देखेपछि प्रधानमन्त्री कार्यालयको निर्देशनमा सो निर्णय स्थगित गरिएको स्रोतको दाबी छ। यो समाचार आजको नेपाल खबरबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्