विश्वकप क्रिकेटः आज वेस्ट इन्डिज र इंग्ल्याण्ड खेल्दै

काठमाडौं, जेठ ३१ । १२औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटमा आज इंग्ल्यान्ड र वेस्ट इन्डिज खेल्दै छन् । यी दुई टिमबीचको खेल साउथ ह्याम्पटनमा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु हुँदैछ । पहिलो खेलमा दक्षिण अफ्रिकामाथि १०४ रनको फराकिलो जीत निकालेको इंग्ल्याण्ड दोस्रो खेलमा भने पाकिस्तानसँग पराजित भएको थियो ।

पाकिस्तानसँग १४ रनको हार बेहोरेको इंग्लिस टिमले तेस्रो खेलमा भने बंगलादेशलाई १०६ रनले पराजित गर्न सफल भयो । वेस्ट इन्डिज भने आफ्नो पहिलो खेलमा पाकिस्तानविरुद्ध ७ विकेटले विजयी भएको थियो । तर दोस्रो खेलमा भने ऊ अष्ट्रेलियासँग १५ रनले हारेको थियो । तेस्रो खेलमा खेल चलिरहेकै बेला पानी परेपछि वेस्ट इन्डिजले दक्षिण अफ्रिकासँग अंक बाँडेका थिए ।

वेस्ट इन्डिजको पूरा टिमः जसन होल्डर (कप्तान), क्रिस गेल, कार्लोस ब्राथवेट, साई होप, ड्यारेन ब्राभो, शिमरन हिटम्यर, इभिन लेविस, निकोलस पुरन, आन्द्रे रसेल, शेलडन कोटरेल, एश्ले नर्स, किमार रोच, ओशेन थोमस, फावियन एलेन र स्यानन गाब्रियल ।

इंग्ल्यान्डको पूरा टिमः इओइन मोर्गन (कप्तान), जोनी बेयरिस्टो, टम करन, लियाम प्लुंकेट, जो रुट, बेन स्टोक्स, क्रिस वोक्स्, मोइन अली, जोस बुटलर, आदिल रशिद, जेसन रोय, मार्क उड, जोफ्रा आर्चर, जेम्स भिन्स र लियाम डवसन ।

कमेन्ट गर्नुहोस्