दिन प्रतिदिन सुनको भाऊ बढ्दै

काठमाडौं, जेठ २९ । साताको अन्तिम दिन अर्थात शुक्रबारका दिन बजारमा सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ ।

बिहीबार प्रतितोला सुनको मूल्य ६२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर प्रतितोला सुनको मूल्य ६३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, बिहीबार तेजावी सुनको मूल्य ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर प्रतितोला सुनको मूल्य ६२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, शुक्रबार बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ ।

बिहीबार चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको थियो भने आज बढेर चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

कमेन्ट गर्नुहोस्