एनआरएन युएईको नयाँ नेतृत्वमा सबैको चासो, को–को हुन् अध्यक्षका आकाँक्षी?

सुशान आचार्य, यूएई । गैर आबासीय नेपाली संघ (एनआरएनए) यूएईको अधिबेशन अगस्ट १६ मा हुने निश्चित भए पछि यूएई एनआरएनमय भएको छ । अधिबेशनले २०१९ -२०२१ को लागि नयाँ नेत्रित्व चयन गर्ने भएकोले सबैको चासो बढेको हो ।

केही महिना अघि मात्र नेपाल एसोसियसनको नाममा दर्ता भए पछी अधिबेशन गर्न हुने र नहुने खेमामा एनआरएनकर्मीहरु बाँडिएका छन् । बर्तमान कार्यसमितीका संस्थापन पक्ष भनेर चिनिएकाहरुले यूएईको कानूनलाई सम्मान गर्दै अघि बढ्नु पर्ने बताउन थालेका छन् । यसको अर्थ भनेको अधिबेशन गर्नु हुन्न भन्ने हो । अधिबेशन नभएको वा नगरेको खण्डमा यही कार्यसमितीले अर्को कार्यकाल दोहोर्याउने छ ।

अन्तरास्ट्रिय समन्वय परिषदको बिधान अनुसार हरेक दुई बर्षमा अनिबार्य अधिबेशन गर्नु पर्दछ । सोही बिधानलाई आधार मानेर अधिबेशन गर्नै पर्छ भन्नेहरुको संख्या अत्यधिक रहेको छ । आईसीसी उपसँयोजक गोपाल कंडेलको अध्ययन समितीले समेत अधिबेशन गर्नु पर्ने सुझाब दिए पछि बर्तमान कार्यसमिती कसरी गर्ने भन्ने गृहकार्यमा जुटेको छ । एनआरएन यूएईको कार्यसमितीले राजेश दर्शन अर्यालको सन्योजकत्वमा निर्वाचन समिती गठन गरिसकेको छ ।

को-को छन् अध्यक्षका आकाँक्षी?

रमेश श्रेष्ठ

बर्तमान अध्यक्ष रमेश श्रेष्ठले सबैको साथ भए दोहोर्याउने बताउँदै आएका छन् । संस्था दर्ता गर्न अथक मेहनत गरेका कारण पनि उनले अबको बैधानिक कार्यसमितीको नेत्रित्व सम्हाल्न चाहेको देखिन्छ । श्रेष्ठलाई एनआरएन यूएईकै ईतिहासमा सफल अध्यक्षको रुपमा हेरिन्छ । पन्जिक्रित सदस्यको मृत्‍यु भएमा मृतकको परिवारलाई १ लाख ५० हजार रुपैयाँ दिने देखि उद्दारका बिभिन्न कार्यहरुले गर्दा उनी शुरुका दिनहरुमा निकै नै लोकप्रिय बनेका थिए । ब्यक्तिगत रुपमा भने उनी आफ्नो कार्यकालमा बिबादित बनिरहे । उनलाई नेपाल काङ्रेस निकटका भनेर चिनिन्छ ।

नेत्र शर्मा 

बर्तमान कार्यसमिती उपाध्यक्ष नेत्र शर्माले फेसबूक मार्फत अध्यक्ष बन्न पाउने आफ्नो हक रहेको दाबी गर्दै आफ्नो आकाँक्षा देखाएका छन । उपाध्यक्षको बर्तमान कार्यकालमा त्यती सकृय नदेखिएका शर्मालाई एनआरएन यूएईको अभियानमा कमजोर उम्मेद्वारको रुपमा हेरिएको छ । नेकपाको समर्थन रहेकोले उनलाई राजनैतीक रुपमा भने बलियो उम्मेद्वारको रुपमा हेरिएको छ । तथापी उनको उम्मेद्बारी रहने नरहने अहिले सम्म टुङगो लागिसकेको छैन।

पाशाङ रेन्जी शेर्पा

आदिबासी जनजाती महासंघ यूएईका अध्यक्ष पाशाङ रेन्जी शेर्पाले एनआरएन यूएईको अध्यक्षमा उम्मेद्बारी दिने घोषणा गरेका छन् । जस्तो सुकै रणनीति अपनाएर भए पनि अध्यक्ष भईछाड्ने उनले आफु निकटसँग बताउने गरेका छन् । नेत्र शर्माले उम्मेद्बारी नदिएको खण्डमा नेकपाको अर्को बिकल्प शेर्पा हुनसक्ने अंकलन गरिन्छ । शेर्पाको बिषयमा नेकपा भित्र एकमत हुन सकेको छैन । शेर्पा पूर्व संघीय समाजबादी फोरम निकट हुन् भने बाबुराम भट्टराइको नयाँ शक्ती सँगको एकिकरण पश्चात उनी रुस्ट रहेको श्रोतको दाबी छ । सामाजिक सन्जालमा सधैंभरी एनआरएनको आलोचना मात्र गरिरहने शेर्पाको एनआरएन कमब्याकलाई यूएईका नेपालीहरुले अर्थपूर्ण तरिकाले हेरेका छन् ।

लक्ष्मण खनाल 

नेपाल पत्रकार महासंघ यूएईका कार्यबाहक अध्यक्ष लक्ष्मण खनालले समेत एनआरएन यूएईको अध्यक्ष पदको आकाँक्षा राखेका छन् । हाल सम्म सार्वजनिक रुपमा नखुले पनि आफु निकटहरुसँग खनालले एनआरएनलाई मजदूरमैत्री बनाउन आफु आउन लागेको बताउने गरेका छन् ।एनआरएनको साख जोगाउन पनि आफु आउनु पर्ने उनको दाबी छ । उनी बर्तमान कार्यसमितीको सल्लाहकार हुन् भने उनकै सँयोजकत्वमा बनेको निर्वाचन समितीले अघिल्लो कार्यसमितीको अधिबेशन सम्पन्न गरेको थियो ।

उनलाई हालसम्मकै सफल र उत्कृष्ट निर्वाचन समिती संयोजक रुपमा हेरिन्छ । राजनैतीक रुपमा नेकपा निकट मानिए पनि उनलाई हालसम्म कुनै पनि राजनैतीक पार्टीको समर्थन रहेको देखिदैन ।

श्रेष्ठ, शर्मा, शेर्पा र खनाल बाहेक पनि बिभिन्न नामहरु खोज्ने कार्य शुरु भएको छ । बर्तमान कार्यसमितीबाट नेत्रित्वमा कोही नआए पुर्ब कार्यसमिती, अभियान्ता र सल्लाहकारहरु मध्येबाट राम्रो नेत्रित्व खोज्ने प्रयास भईरहेको श्रोतले बतायो ।

उपाध्यक्षमा सहमती जुटेको खण्डमा निश्चल दाहाल, नरेश शेन, बालाकृष्ण मरासिनी, कृष्ण पौडेल, निर्मल कुमार पोखरेल, मदन अधिकारी आदि मध्ये कोही ३ जना आउने सम्भावना रहेको छ । त्यसैगरी महासचिबमा बर्तमान सचिब राजेश बोहोराले ईच्छा जाहेर गरेका छन् ।

कमेन्ट गर्नुहोस्