चिठ्ठा परेको भन्दै इमोबाट ठगी गर्ने २ जना पक्राउ

काठमाडौं, जेठ ३१ । २५ लाख रुपैयाँको चिठ्ठा परेको भन्दै इमो मार्फत ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । इमोमा २५ लाखको चिठा परेको भनेर इलामको माइनगरपालिका ८ का पाँसाङ शेर्पासँग पटक पटक गरेर १ लाख २० हजार ठगी गरेको आरोपमा मोरङ प्रहरीले विराटनगर ११ का २३ वर्षीय निरज मरिक र धनपालथान गाप ६ का ३६ वर्षीय श्रवण मलाहलाई पक्राउ गरेको हो ।

इमो मार्फत ठगी गरेको सूचना प्राप्त भएपछि मोरङ प्रहरीको विशेष टोलीले २९ मा मरिक र ३० जेठमा मलाहालाई आफ्नो घरबाट नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्ने मध्येका मलाहा २६ पुस २०७५ मा पनि इमो मार्फत नै ३० हजार ठगी गरेको आरोपमै पक्राउ गरेर अदालतबाट दुई लाख धरौटीमा छुटेका थिए ।

कमेन्ट गर्नुहोस्