Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पेस्तोलले गोली हानेर आत्महत्या!

काठमाडौंः भारतको राजस्थान स्थित जैसलमेरमा एक जोडीले आफैलाई पेस्तोल हानेर आत्महत्या गरेका छन् । शंकर जाट र अन्जु सुथारले घरेलु हिसाबले बनाइएको पेस्तोलले आफैलाई गोली हानेर हत्या गरेका घटनास्थल पुगेका चौहाटनका उप प्रहरी उपरीक्षक (डीएसपी) अजित सिंहले जानकारी दिए ।

आत्महत्या गर्ने दुवै २१ वर्षका थिए । पेस्तोलले गोली हान्नुअघि उनीहरुले खिचेको तस्बिर सामाजिक सन्जालमा भाइरल बनेको छ । प्रहरीका अनुसार युवतीको करिव डेढ महिनाअघि विवाह भएको थियो भने युवक अविवाहित थिए । दुवैको प्रेम सम्बन्ध भएको र एक आपसमा विवाह गर्न नपाउँदा आत्महत्या गरेको हुनसक्ने अनुमान लगाइएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: