Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

स्याउले बजार पाउन नसक्दा कृषक चिन्तित

दार्चुला, जेठ ३१ । व्यास गाउँपालिका–१ छाँगरु गागाका स्थानीय जीतसिंह बोहराले लगाएको स्याउले बजार नपाउँदा घरमै कुहिएको छ।

विसं २०६० देखि स्याउखेती शुरु गरेका बोहराको स्याउ बिक्री गर्नको लागि बजार अभाव हुँदा घरमै कुहिएको हो । छाँगरुमा उत्पादित स्याउ बजार नपाएर बारीमै कुहिने गरेको छ । नजिक बजार नभएको र गाउँबाट बजारसम्म पुर्याउने बाटो नहुँदा यहाँ उत्पादित स्याउ घरबारीमै कुहिने गरेको छ । नेपालतिर बाटोघाटो छैन । भारतीय बजार पु¥याउन पनि बढी ढुवानीमै खर्च हुन्छ । भारतीय सेना, एसएसबीले मात्रै स्याउ खरीद गर्ने गरेका छन् । यो वर्ष झण्डै ३० क्विन्टल बढी स्याउ फलेको बोहराले २० क्विन्टल स्याउ भारतीय सुरक्षाकर्मीलाई बिक्री गरेका छन् । बाँकी १० क्विन्टल स्याउ घरबारीमै कुहिएको अवस्थामा छ ।

“नजिक बजार छैन, बोकेर अर्को बजार पु¥याउन बाटो छैन, उहाँले भने”, उनले भने । स्याउ उत्पादनका लागि सबैभन्दा राम्रो माटो र हावापानी भएकाले राम्रो फल्ने भए पनि बजार अभावले नोक्सानी व्यहोर्नुपरेको उनको भनाइ छ ।

“चिनजानका ठेकेदारले भारतीय सुरक्षाकर्मीका लागि स्याउ खरीद गर्छन् । स्याउ गाउँमै प्रतिकिलो ८० भारुमा बिक्री हुने गरेको छ । बाँकी १० क्विन्टल स्याउ बिक्री गर्न नसक्दा रु १० लाख बढी घाटा भयो”, बोहराले भने । वि.सं २०६० मा भारतकोे हिमालञ्चल प्रदेशबाट २५० बोट ल्याएर स्याउखेती शुरु गरेका बोहराले अहिले झण्डै एक हजार बढी स्याउका बिरुवा रोपेका छन् । झण्डै पाँच रोपनी बढीमा स्याउखेती गरिएको छ । बिहानदेखि बेलुकीसम्म उनले स्याउखेतीमा ध्यान दिएका छन् ।

व्यक्तिगत लगानीमा स्याउखेती गरेका बोहराले अहिलेसम्म कसैबाट अनुदान सहयोगसमेत पाएको छैन । स्याउमा मलदेखि पाइपसम्म सबै आफैँले खरीद गरेको उनले बताए । हरेक वर्ष नयाँ–नयाँ स्याउका बिरुवा थप्दै आएका बोहराले सरकारी अनुदान सहयोग नपाएको गुनासो गरे ।

सदरमुकामदेखि सबैभन्दा टाढाको दूरीमा रहेको व्यासमा व्यावसायिक स्याउखेतीको सम्भावना राम्रो भएपनि भौगोलिक विकटले समस्या रहेको अर्का स्थानीय सुधा बोहराले बताए । “लगानी गरेका छौँ, तर प्रतिफलको लागि बाटोघाटोको समस्या छ । नेपालतिर बाटो मात्र निर्माण गरिदिएको भए हाम्रो स्याउले बजार पाउँथ्यो”, सुधाले भने, “हिँड्नका लागि भारतको बाटो प्रयोग गर्नुपर्ने ठाउँमा हाम्रो स्याउ कसरी बजारमा ल्याउनु ?”

यस क्षेत्रमा अपिनाम्पा संरक्षण, स्याउ जोन कार्यक्रम र व्यक्तिगतरूपमा स्याउखेती शुरु गरिएको छ । तर, बजार अभावमा यहाँका किसान स्याउ कहाँ बिक्री गर्ने भन्ने चिन्तामा छन् । उत्पादित स्याउलाई भण्डारण गर्नका लागि चिस्यान केन्द्र ९शीत भण्डार० आवश्यक रहेको उहाँको भनाइ छ ।

यहाँका बासिन्दा भारतीय बाटो प्रयोग गरी सदरमुकामबाट व्यास जान्छन् । स्थानीयस्तरमा उत्पादित वस्तु भारतीय बाटो प्रयोग गरी नेपाली बजारमा पु¥याउन सकिने अवस्था छैन । बोहोराको भनाइ छ, “भण्डारण गर्न उपयुक्त साधन नहुँदा हरेक वर्ष उत्पादित स्याउ ठूलो नोक्सानी व्यवहोर्नुपरेको छ ।”

सरकारले व्यास पुग्न नेपालको बाटो निर्माणमा ध्यान नदिँदा व्यासमा उत्पादन भएको जैविक स्याउ बारीमै कुहिने गरेको किसानको दुखेसो छ । दार्चुला–तिङ्कर सडक निर्माण होला र व्यासमा उत्पादन हुने स्याउ दार्चुला हुँदै काठमाडाँै लैजाउँला भन्ने व्यासीहरूको सपना पूरा हुने छाँटकाँट भने अझै छैन ।

“सरकारले यस क्षेत्रमा सडक नभए पनि बाटो राम्रोसँग बनाइदिए हाम्रो उत्पादनले बजार पाउँथ्यो”, बोहराले भन्नुभयो । यहाँ हरेक प्रकारका फलफूल पाइन्छन् । चीन निकासी गर्नका लागि समस्या छ । भारतमा पनि भर्खर सडकको ट्र्याक खोल्ने काम भइरहेको छ । एकतिर पनि सडक पहुँच पुग्दा आम्दानी हुन्छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: