अध्यक्ष प्रचण्डद्वारा नेता पौडेलप्रति अन्तिम श्रद्धान्जली

चितवन, जेठ ३१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले आज निधन भएका पूर्व शिक्षा मन्त्री धनीराम (डि.आर) पौडेलप्रति अन्तिम श्रद्धान्जली अर्पण गरेका छन् । आज बिहान अध्यक्ष प्रचण्डले चितवनको माडीस्थित निवास पुगी मृतक पौडेलप्रति श्रद्धान्जली अर्पण गरेका हुन् ।

श्रद्धान्जली कार्यक्रममा नेकपाका नेता वामदेव गौतम, अमिक शेरचन, गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षामन्त्री गिरीराजमणी पोख्रेल, देव गुरूङ लगायत नेताको उपस्थिती थियो । पौडेलको आज नै माडीमा दाहसंस्कार गरिएको छ ।

 

 

कमेन्ट गर्नुहोस्