सहकर्मीलाई थप्पड हानेको आरोपमा सांसद पक्राउ

काठमाडौंः केन्यामा आफ्नो निर्वाचनक्षेत्रमा बजेट नदिएको भन्दै सांसद रशिद कास्सिमले बजेट समितिको सदस्यसमेत रहेकी सांसद फातुमा गेडीलाई थप्पड हानेको आरोपमा पक्राउ परेका छन् । आक्रमणको फोटो सामाजिक सञ्जालमा व्यापक भएपछि यस समाचारले बढी चर्चा पाएको छ । फोटोमा गेडी रुँदै गरेको र उनको मुखबाट रगत निस्केको देखिन्छ ।

पूर्वी केन्याबाट सांसदमा निर्वाचित कास्सिमले आफ्नो निर्वाचन क्षेत्रमा रकम विनियोजन नगरेको भन्दै गेडीसँग संसद भवनस्थित गाडी रोक्ने स्थानमा झगडा गरेको समाचारमा जनाइएको छ । कास्सिमलाई पक्राउ गर्नुपर्ने मागसहित महिला सांसदहरू संसदबाट बाहिरिएपछि उनी पक्राउ परेका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्