भूकम्प आउँछ भनेर भ्रम फैलाउने ज्योतिषी अर्जुन क्षेत्री रिहा

काठमाडौं, जेठ ३१ । नेपालमा फेरि महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाएको आरोपमा पक्राउ परेका ‘ज्योतिषी’ भनेर प्रचार गर्ने अर्जुन थापा क्षत्री रिहा भएका छन् । शुक्रबार क्षत्रीलाई जिल्ला अदालत काडमाडौँले तारेखमा रिहा गर्न आदेश दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

क्षत्रीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले सर्वसाधरणमा भ्रम सिर्जना (अफवाह) फैलाएको अभियोगमा गत जेठ २१ गते गौशालाबाट पक्राउ गरेको थियो । उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए ।

कमेन्ट गर्नुहोस्