विश्वकप क्रिकेटः २१२ रनमै समेटियो वेस्ट इन्डिज

काठमाडौं, जेठ ३१ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आजको खेलमा वेस्ट इन्डिजले इंग्ल्याण्डलाई २१३ रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्ड ४४.४ ओभरमा २१२ रनमै समेटियो ।

उसका लागि निकोलस पूरनले ६३, सिमरोन हिटमायरले ३९, क्रिस गेलले ३६, आन्द्रे रसेलले २१, कार्लोस ब्रेथवेटले १४, साइ होपले ११ र जसन होल्डरले ९ रन बनाए । जोफ्रा आर्चर, मार्क उडले ३–३, जो रुटले २, क्रिस ओक्स र लायम प्लेङ्कटले एकएक विकेट लिए । इंग्ल्याण्ड केही बेरमा जवाफी ब्याटिङ गर्ने छ ।

पहिलो खेलमा दक्षिण अफ्रिकामाथि १०४ रनको फराकिलो जीत निकालेको इंग्ल्याण्ड दोस्रो खेलमा भने पाकिस्तानसँग पराजित भएको थियो । पाकिस्तानसँग १४ रनको हार बेहोरेको इंग्लिस टिमले तेस्रो खेलमा भने बंगलादेशलाई १०६ रनले पराजित गर्न सफल भयो ।

वेस्ट इन्डिज भने आफ्नो पहिलो खेलमा पाकिस्तानविरुद्ध ७ विकेटले विजयी भएको थियो । तर दोस्रो खेलमा भने ऊ अष्ट्रेलियासँग १५ रनले हारेको थियो । तेस्रो खेलमा खेल चलिरहेकै बेला पानी परेपछि वेस्ट इन्डिजले दक्षिण अफ्रिकासँग अंक बाँडेका थिए ।

कमेन्ट गर्नुहोस्