ठेकेदारमाथि छुरा प्रहार गर्ने गुण्डा लाजिम्पाटबाट पक्राउ

काठमाडौं, जेठ ३१ । ठमेल, लाजिम्पाट र दरबारमार्गलाई आधारक्षेत्र बनाएर गुण्डागर्दी आएका टोलेगुण्डा सुदीप गुरुङ पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी परिसरको विशेष टोलीले लाजिम्पाटबाट पक्राउ गरेको हो ।

गत जेठ ११ गते दोलखाका ३२ वर्षीय ठेकेदार टासी शेर्पामाथि ठमेल ग्वार्कोपाखामा छुरा प्रहार गरेको आरोपमा गुरुङलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । ३ वर्षीय गुरुङ काठमाडौं महानगरपालिका–२ लाजिम्पाट सकुनामार्ग बस्दै आएका थिए ।

गुरुङ पक्राउ परेको पुष्टि गर्दै परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले गुरुङमाथि ज्यान मार्ने उद्योग र चोरीसहित १३ पटक मुद्दा चलेको र पटक–पटक पक्राउ परेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्