एकाबिहानै दाङमा सिमेन्ट उद्योगको ढलान भत्किँदा ३ मजदुरको मृत्यु

दाङ, जेठ ३२ । सिमेन्ट उद्योगको ढलान भत्किँदा दाङमा तीन मजदुरको मृत्यु भएको छ। प्रहरीका अनुसार शनिबार बिहान दाङको लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माण गर्ने क्रममा बिहान २ बजेति छैटौँ तलाको सट्रिङ भत्किँदा तीन मजदुरको मृत्यु भएको हो।

याे पनि पढ्नुस  बम टिपेर फाल्ने साहसिक हवल्दारलाई गृहमन्त्रीले फोन गरे, पुरस्कृत गर्ने घोषणा

घटनामा भारत झारखण्ड घर भएका ४५ वर्षीय मंगल कस्यव, २२ वर्षीय दयाल हरेन र ४६ वर्षका साहेबको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा तीन जना घाइते भएका छन्। जसमध्ये दुई जनालाई थप उपचारका लागि बुटवल लगिएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्