सचिनद्वारा अस्ट्रेलियन कम्पनीविरुद्ध मुद्दा दायर

काठमाडौंः भारतीय क्रिकेट टिमका पूर्वकप्तान सचिन तेन्दुलकरले खेलसँग जोडिएको सामन बनाउने अस्ट्रेलियन कम्पनी स्पार्टनविरुद्ध मुद्दा दायर गरेका छन् । कम्पनीले आफ्नो सामन प्रचारका लागि सचिनको नाम र तस्बिर प्रयोग गरेको भए पनि भुक्तानी नदिएको भन्दै मुद्दा दर्ता गरेका हुन् । सचिनले कम्पनीसँग २० लाख डलर (करिब २२ करोड रुपैयाँ) को रोयल्टी दाबी गरेका छन् ।

२०१६ मा सचिन र स्पार्टनबीच एक सम्झौता भएको थियो । उक्त सम्झौतामा १० लाख डलर (करिब १२ करोड रुपैयाँ) दिने सम्झौता भएको थियो । यसबापत कम्पनीले सचिन ‘बाई स्पार्टन’ ट्यागको प्रयोग गर्न सक्ने सम्झौता भएको थियो । कम्पनीको प्रचारका लागि सचिन एकपटक लन्डन र मुम्बईमा समेत गएका थिए । तर, कम्पनीले सेप्टेम्बर २०१८ सम्म कुनै भुक्तानी दिएन । एजेन्सी

कमेन्ट गर्नुहोस्