विश्वकप क्रिकेटः श्रीलंकाविरुद्ध टस हारेर ब्याटिङ गर्दै अष्ट्रेलिया

काठमाडौं, जेठ ३२ । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत पाँच पटकको विजेता अष्ट्रेलियाविरुद्ध श्रीलंकाले टस जितेर बलिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि शुरु हुँदैछ ।आज टिममा को–कोले पाए मौका? हेर्नुस्-

अष्ट्रेलिया ४ खेलमा ३ मा जीत र एक खेलमा मात्र हार बेहोर्दै ६ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । यता श्रीलंकाले ४ खेलमा १ मा जीत र एक खेलमा पराजित भएको छ । उसले २ खेलमा अंक बाँड्दै तालिकाको पाँचौ स्थानमा छ । यस्तै, आजै हुने दोस्रो खेलमा दक्षिण अफ्रिका र अफगानिस्तान खेल्दै छन् । यी दुई टिबीचको खेल साँझ ६ः१५ बजेदेखि सुरु हुनेछ । दक्षिण अफ्रिका र अफगानिस्तान दुवै पहिलो जीतको खोजिमा छन् ।

कमेन्ट गर्नुहोस्