काठमाडौंमै भेटियो गाँजा खेती

काठमाडौं, जेठ ३२ । काठमाडौंको तारकेश्वर नगरपालिका–१ कुन्चीपखलमा ५५० रोपनी जग्गामा लगाइएको अवैध गाँजा प्रहरीले नष्ट गरेको छ । महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी बाल नरसिंह राणाको कमाण्डमा खटिएको टोलीले उक्त जग्गामा लगाइएको गाँजा फडानी गरेको जनाइएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ५५० रोपनीमा लगाइएको गाँजा खेती तारकेश्वर नगरपालिका वडा नम्बर १ र प्रहरीको संयुक्त टोलीले फडानी गरेको वृत्तका प्रमुख राणाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्