विश्वकपः श्रीलंकाविरुद्ध अष्ट्रेलियाका कप्तानको शतक पूरा

काठमाडौं, जेठ ३२ । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत श्रीलंकाविरुद्ध अष्ट्रेलियाका कप्तान आरोन फिन्चले शतक बनाएका छन् । उनले ८ चौका र ४ छक्काको मद्दतमा ९७ बलमा शतक बनाएका हुन् ।

टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले यो समाचार तयार पार्दासम्म ३५ ओभरमा २ विकेट गुमाएर १९५ रन बनाएको छ । अष्ट्रेलियाले पहिलो विकेटका रुपमा डेभिड वार्नरलाई २६ रनमा गुमायो ।

अघिल्लो खेलमा शतक बनाएका उनले आज २ चौकाको मद्दतमा ४६ बलमा २६ रन बनाएर आउट भए । यस्तै दोस्रो विकेटका रुपमा अष्ट्रेलियाले उश्मान ख्वाजालाई १० रनमा गुमायो । वार्नर र ख्वाजा दुवैलाई धनन्जय डि सिल्भाले आउट गर्न सफल भए ।

कमेन्ट गर्नुहोस्