आकाशे पानीको भरमा खेतीपाती गर्दै आइरहेका कृषक मारमा, तातो हावाले जनजीवन प्रभावित

दाङ, जेठ ३२ । बर्षाको समयमा पानी नपरेपछि आकाशे पानीको भरमा खेतीपाती गर्दै आइरहेका दाङको देउखुरीका कृषकहरु मारमा परेका छन् । गएको वर्षमा यतीबेला धान बाली लगाउने हतारोमा खेतबारीमा भेटिने यहाँका कीषान अहिले आकाशतर्फ टोलाएर पानीको प्रतीक्षा गरीरहेका छन् ।

बढ्दो जलवायु परीवर्तनले मनसुनलाइ हरेक साल पछाडि धकेलीदिँदा सबैभन्दा ठुलो मार कृषकहरुले खेप्नुपरेको लमही–३ जखेरा तालका कृषक देवी प्रसाद चौधरीको भनाई छ । उसोत गत वर्ष यतिबेला खेतमा धान रोप्न तयार भएका कृषक ओम बहादुर कुमालले यस वर्ष धानको बिउसम्म राख्न सकेका छैनन् ।

सामान्यतया अन्य बर्षमा यतिखेर बारीमा लगाएको मकै खनेर सकीने समय हो । यद्यपि अहिले देउखुरीका अधिकांश बारी त्यतीकै बाँझो बसीरहेको छन् । विशेष गरि मानो छरेर मुरी उब्जाउने र वर्षभरीको गर्जो टार्ने कृषकहरु मनसुनको नहुँदा मर्कामा परेका छन् ।

यस्तै लामो समयसम्मको खडेरीले गर्दा पीउने पानीका मुहानहरु समेत सुकीरहेका छन् । यतीबेला मुलुकको अधीकांश भागसहति दाङ देउखुरीमा तातो हावा लाग्ने क्रम दैनीक बढिरहेको छ । चर्कदो गर्मी र एक साता अघीदेखि चलेको तातोहावाका कारण अस्पतालमा विरामीको चाप पनि बढ्दै गएको छ ।

कमेन्ट गर्नुहोस्