विश्वकप क्रिकेटः अष्ट्रेलिया तालिकाको पहिलो स्थानमा

काठमाडौं, असार १ । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकालाई ८७ रनले हराउँदै अष्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति लण्डनको ओभल क्रिकेट मैदानमा ३३५ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको श्रीलंका ४५.५ ओभरमा २४७ रनमै समेटियो । उसका लागि कप्तान दिमुथ करुणारत्नेले ९ चौकाको मद्दतमा १०८ बलमा ९७ रन बनाए पनि टिमलाई जीत दिलाउन सकेनन् । यस्तै, कुसल परेराले ५२, कुसल मेडिन्सले ३०, लाहिरु थिरिमने, धनन्जय डि सिल्भाले समान १६ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

याे पनि पढ्नुस  आइसिसीका लागि नेपाली क्रिकेट टोली घोषणा

बलिङमा अष्ट्रेलियाका मिचेल स्टार्कले ४, केन रिचर्डसनले ३, प्याट कमिन्सले २ र जसन बेहनड्रफले एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३३४ रन बनायो । उसका लागि ओपनर एवं कप्तान आरोन फिन्चले १५ चौका र ५ छक्काको मद्दतमा १३२ बलमा १५३ रन बनाए ।

याे पनि पढ्नुस  सुपर ओभरमा न्यूजिल्याण्डलाई हराउँदै इंग्ल्याण्डले जित्यो पहिलो पटक विश्वकपको उपाधि

यस्तै स्टिभ स्मिथले ७३, ग्लेन म्याक्सवेलले नट आउट ४६, डेभिड वार्नरले २६, उस्मान ख्वाजाले १०, शन र्मासले ३, एलेक्स केरीले ४ र मिचेल स्टार्कले अविजीत ५ रनको योगदान दिए । बलिङमा इशुरु उडाना, धनन्जय डि सिल्भाले २–२ र लसिथ मलिंगाले एक विकेट लिए ।

याे पनि पढ्नुस  श्रीलंकाका कप्तान दिनेश चन्डीमललाई आराम

कमेन्ट गर्नुहोस्