ट्याक्टर दुर्घटनामा परी शिक्षकको मृत्यु

डडेल्धुरा, असार १ । डडेल्धुराको आलिताल गाउँपालिका–८ कुर्जेनीमा गएराति ट्र्याक्टर दुर्घटनामा परेर शिक्षकको ज्यान गएको छ । दुर्घटनामा परेर सोही ठाउँको समैजी आधारभूत विद्यालयमा कार्यरत ४० वर्षीय श्याम कलौनीको ज्यान गएको हो ।

गोदाम बजारबाट कुर्जेनी गाउँ आउँदै गरेको बालुवा लोड गरेको से २ त २८५० नम्बरको ट्क्याटर दुर्घटनामा आलिताल ८ कै पदम राना सामान्य घाइते भएका छन्। आलिताल प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक वीरबहादुर ऐरअनुसार चालक धनजीत धामी फरार रहेका छन् । चालक धामीको खोजी भइरहेको प्रहरी सहायक निरीक्षक ऐरले बताए। क्षमताभन्दा बढी लोडकै कारण ट्र्याक्टर दुर्घटना भएको प्रहरीको अनुमान छ।

याे पनि पढ्नुस  बिरामीको मृत्युपछि आक्रोशित भिडले आक्रमण गर्दा डाक्टरको मृत्यु, २१ जना नियन्त्रणमा

कमेन्ट गर्नुहोस्