साताव्यापी युरोप भ्रमण गरेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं, असार १ । साताव्यापी युरोप भ्रमण गरेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन् ।

गत शनिबार स्वीट्जरल्यान्डको जेनेभा गएका प्रधानमन्त्री ओली आइतबार बिहान १० बजे स्वदेश आइपुगेका हुन् । उनलाई स्वागत गर्न उप्रधानमन्त्री ईश्वर पोखरेल लगायत विमानस्थल पुगेका थिए । फ्रान्सको भ्रमणमा रहेका प्रधानमन्त्री ओली जेनेभा हुँदै त्यहाँबाट शनिबार काठमाडौं प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले साताव्यापी भ्रमणका क्रममा स्वीट्जरल्यान्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गरेका छन् ।

शनिबार जेनेभामा नेपालका राजदूतलगायत अन्य उच्च पदाधिकारीहरुसँग अनौपचारिक छलफल गरेका थिए । यसअघि प्रधानमन्त्री ओलीले २७ गते जेनेभामा आयोजित अन्तराष्ट्रिय श्रम संगठनको शतवार्षिकी समारोहलाई सम्बोधन गरेका थिए । समारोहपछि सोही दिन बेलायत प्रस्थान गरेका प्रधानमन्त्री ओलीले त्यहाँ अक्सफोर्ड युनियनले आयोजना गरेको कार्यक्रमलाई स्म्बोधन गरेका थिए ।

बेलायतमा रहँदा समकक्षी टेरेजा मे र राजकुमार चार्ल्ससँग पनि उनले भेटवार्ता गरेका थिए। बेलायतको तीनदिने भ्रमण सकेर २९ गते फ्रान्स पुगेका प्रधानमन्त्री ओली विभिन्न औपचारिक कार्यक्रममा सहभागी भए । उनले फ्रान्सका समकक्षी एडवर्ड फिलिपेसँग भेटवार्ता गरी द्विपक्षीय हितका विषयमा छलफल गरेका थिए।

कमेन्ट गर्नुहोस्