काठमाडौंको न्युरोडमा ‘स्मार्ट पार्किङ’ सेवा सुरु

काठमाडौं, असार १ । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रको सहकार्यमा आइतबारदेखि न्युरोडमा स्मार्ट पार्किङ सेवा सुरु गरेको छ ।

न्यूरोडका पाँच स्थानमा यो सेवा सुरु गरेको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए। स्थानीयले सडक व्यवस्थित गर्न आग्रह गरेपछि सेवा सुरु गरिएको जानकारी दिँदै शाक्यले यसलाई पाइलट प्रोजेक्टका रुपमा सुरु गरिएको हुँदा आगामी दिनमा परिस्कृत गर्दै लगिने बताए। यो प्रोजेक्टले नागरिकलाई सेवा दिनेमात्र नभई यसले १०० जनालाई रोजगारी समेत दिने शक्यको भनाई छ ।

स्मार्ट पार्किङस्थका लागि महानगरपालिकाले दुई पांग्रे सवारी साधनका लागि प्रतिघण्टा २५ रुपैयाँ र चारपांग्रे सवारीका लागि प्रति घण्टा ८० रुपैयाँ तोकेको छ । व्हिल्स ट्रली योर्स प्रालिसँगको सहकार्यमा न्युरोडको रामेश्वर मिठाई पछाडिको भाग, बिशाल बजार अगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडिको स्थानमा स्मार्ट पार्किङको व्यवस्था लागू भएको हो । यस स्थानमा एकपटकमा झण्डै ८ सय मोटरसाइकल र ४० वटा गाडी पार्किङ गर्न सकिने बताइएको छ । ती ठाउँमा स्मार्ट अटोमेटेड पार्किङ सिस्टम बनाइएको छ ।

अब न्युरोड जानु अघि उपभोक्ताले मोवाइलबाटै रियल टाइममा कुन ठाउँ खाली छ भनेर हेर्न र पार्किङ गर्ने ठाउँ बुकिङ गर्न सक्नेछन् । ठाउँ रिजर्भ नगरी पुग्नेले अगाडि राखिएको स्क्रिन हेरेर पार्किङ गर्ने ठाउँ हेर्न सक्छन् । त्यस ठाउँको व्यवस्थापनका लागि गोप्रो क्यामरासहितका पार्किङ सहयोगी राखिएका छन् । उनीहरुसँग भएको क्यामराले त्यस क्षेत्रमा भएका गतिविधि आवाजसहित रेकर्ड गरेर राख्छन् ।

सेवाका लिनका लागि ‘केएमसी पार्किङ’ एप एन्ड्रोइड र आइओएस दुवैमा डाउनलोड गर्न सकिने महानगरपालिकाले जनाएको छ ।
आइतबारदेखि काठमाडौंको न्युरोडमा ‘स्मार्ट पार्किङ’ सेवा सुरु

कमेन्ट गर्नुहोस्