ट्क्याटर पल्टिँदा एक शिक्षकको मृत्यु, एक घाइते

डडेलधुरा, असार १ । डडेलधुराको आलिताल गाउँपालिका–८ कुर्जेनिमा ट्क्याटर पल्टिँदा एक शिक्षकको मृत्यु भएको छ ।

समैजी अधारभुत विद्यालय आलितालमा कार्यरत ४० वर्षीय शिक्षक श्याम कलौनीको गएराति मृत्यु भएको हो ।

गोदाम बजारबाट कुर्जेनी गाउँतर्फ जाँदै गरेको बालुवा बोकेको से२त २८५० नम्बरको ट्क्याटर दुर्घटनामा परेको हो। दुर्घटनामा आलिताल गाउँपालिका ८ का पदम राना समान्य घाइते भएका छन् ।

चालक धनजीत धामी फरार रहेको आलिताल प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक बिरबहादुर ऐरले जानकारी दिए। बढी लोडकै कारण ट्क्याटर दुर्घटना भएको आलिताल प्रहरी चौकीको अनुमान छ।

कमेन्ट गर्नुहोस्